उदयपुरमा ट्रक दुर्घटना हुंदा किचिएर चालकको मृत्यु
उदयपुर । उदयपुरमा आफैले चलाएको ट्रक दुर्घटनापछि किचिएर चालकको मृत्यु भएको छ।
उदयपुरको रौतामाई – ५ घुम्नेमा ट्रक दुर्घटना हुँदा चालक सन्तोक भनेर चिनिने सन्जय मगरको मृत्यु भएको हो ।
३० वर्षीय मगर उत्तिसको काठ लोड गरेर खोटाङबाट उदयपुरतर्फ आउदै गर्दा ट्रक सडकबाट अनियन्त्रित भई खोलामा खसेको थियो ।
मृतक तामाङको श्रीमति र एक नाबालक छोरी छन् । ।


