इटहरीमा सडक मानव उद्धार अभियान

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीको पहलमा यहाँका विभिन्न स्थानमा रहेका सडक मानवहरूको उद्धार गरिएको छ।

माया घर नेपाल इटहरी, बाल आवाज इटहरी, इन्भारो केयर इटहरी तथा इटहरी उपमहानगरपालिकाको संयुक्त सहकार्यमा उद्धार अभियान सञ्चालन गरिएको हो।

उद्धारका क्रममा तत्काल नाम, थर र वतन नखुलेका सडकमै बसोबास गर्दै आएका अन्दाजी ५०-५५ वर्ष उमेरका २ जना पुरुषलाई मोरङको सुन्दरहरैंचा नगरपालिका-५ स्थित स्वामी सदानन्द प्रणाली च्यारिटेबल ट्रष्ट (नयाँ वृद्धावन गौशाला)मा पठाइएको छ।

यस्तै, अन्दाजी १३ र १५ वर्ष उमेरका २ जना बालकलाई बाल आवाज इटहरीमा संरक्षणका लागि राखिएको छ।

त्यस्तै, अन्दाजी २० वर्षीया महिला र उनका १ वर्षे छोरालाई माया घर नेपाल इटहरीमा उद्धार गरी संरक्षणमा पठाइएको प्रहरीले जनाएको छ।

उद्धार गरिएका सबैको आवश्यक हेरचाह, स्वास्थ्य परीक्षण तथा पुनर्स्थापनाका प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।-टाकुरा न्यूज

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।