धनकुटामा नेकपाका उम्मेदवार पौडेलको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक(प्रतिवद्धता पत्र सहित)

धनकुटा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले धनकुटामा आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गर्दै नेकपाका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभा सदस्य उम्मेदवार धर्मराज पौडेलले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।

चुनावी प्रतिवद्धता पत्रमा एक पालिका एक खेल मैदान र कभर्ड हल, औद्योगिक ग्राम स्थापना र सञ्चालनमा सहयोग, सडक सञ्जाललाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नति, पहिरो, भूक्षय तथा अन्य प्राकृतिक प्रकोपका कारण जोखिममा रहेका बस्तीहरूको सुरक्षित व्यवस्थापनलाई उनले प्राथमिकता दिएका छन् ।

यस्तै गाँजा खेतीको विकल्पदेखि उद्योग सञ्चालनसम्मका योजना समावेश छन् । धनकुटाको ऐतिहासिक टुँडिखेलको स्तरोन्नति गरी मिनी स्टेडियम बनाउने, धार्मिक, सांस्कृतिक, प्राकृतिक स्थलहरूलाई पर्यटन प्रवर्द्धन योजना निर्माण गर्ने पर्यावरणीय पर्यटन, कृषि पर्यटन, साहसिक खेल पर्यटन, सांस्कृतिक पर्यटन, होमस्टे आदि प्रवर्द्धनको विकास र विस्तारमा पहल गर्ने उनले उल्लेख गरेका छन् ।

यस्तै सहिद परिवार, बेपत्ता र घाइतेहरूको उचित योजना र कार्यक्रम बनाई कार्यान्वयनमा गर्ने, वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई स्वदेशमै स्वरोजगारीको व्यवस्थापन गर्ने, स्वच्छ खानेपानी योजना निर्माण र कार्यान्वयन गर्न पहल गर्ने उल्लेख गरेका छन् ।

यस्तै महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अल्पसंख्यक समुदाय तथा पछाडि परेका वर्गको सामाजिक, आर्थिक र राजनीतिक सशक्तीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।