काङ्ग्रेस मिक्वाखोला कमिटीद्वारा गाउँपालिकामा ताला
ताप्लेजुङ । नेपाली काङ्ग्रेस मिक्वाखोला गाउँपालिका कमिटीले गाउँपालिकामा ताला लगाएको छ । कर्मचारीलाई बर्खास्त गरिएको, अनियमितता एवं भ्रष्टाचार भएको भन्दै गाउँपालिकामा बुधबार कोण सभा गर्दै काङ्ग्रेसले ताला लगाएको हो।
प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरेर लेखिएको पत्रमा यस अघि नै गाउँपालिका अध्यक्ष उपाध्यक्षलाई उक्त विषयमा ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ ।
साथै बिना कसुर कर्मचारी निस्कासन गरिएको, चरम भ्रष्टाचार हुँदै आएको, पालिका नेतृत्वको घमण्डले चरम सिमा नाघेको जनाईएको छ । त्यस्तै हाईडाे कम्पनिले दिने सामाजिक उत्तरदायित्वको बजेटमा अनियमितता देखिएको , विकासका योजनाहरु पार्दर्शी नभएको उल्लेख गरिएको छ।
कोण सभालाई सम्बोधन गर्दै काङ्ग्रेस गाउँपालिका उपसभापति दिपेन्द्र लिम्बुले वार्ता र संवाद नगरी ताला तोडिए चरणबद्द आन्दोलन गर्ने बताउनुभयो ।
गाउँपालिकामा ताला लगाईएपछी गाउँपालिकाबाट प्रवाह हुने सेवा ठप्प रहेको प्रमुख प्रशासकिय अधिकृत बिमल गौतले जानकारीदिनु भयो।-स्रोत :रेडियो काबेली


