धनकुटाका दुई जना लागू औषध ब्राउन सुगर सहित सुनसरीबाट पक्राउ
धनकुटा, २१ माघ २१ । सुनसरीको इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण ब्युरो विराटनगरले लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।
माघ २० गते सुनसरीको कोशी गाउँपालिका-१ र भोक्राहा नरसिंह गाउँपालिका-६ स्थितबाट धनकुटा नगरपालिका-९ का सुक्दिप राई र सहिदभुमी गाउँपालिका-४ का साजन राईलाई १० ग्राम ५२ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


