नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा अस्पतालमा न्यानो कपडा तथा फलफुल वितरण
बिराटनगर, माघ २१ । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले बिराटनगर महानगरपालिका-७ स्थित कोशी अस्पतालको प्रसुति वार्डमा उपचाररत रहेका सुत्केरी आमा, गर्भवती महिला तथा नवजात शिशुहरुलाई लत्ताकपडा तथा फलफुल बितरण गरेको छ ।
माघ २१ गते नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी उपाध्यक्ष श्रीमती अनिता ढकाल अधिकारीको प्रमुख आतिथ्यतामा मातृ तथा शिशु स्वास्थ्य प्रति संघको सामाजिक उत्तरदायित्व र मानवीय सेवा भावलाई आत्मसात् गर्दै न्यानो कपडा तथा फलफुल वितरण गरिएको हो ।
उक्त कार्यक्रममा श्रीमती संघका सचिव सृजना नेपाल दाहाल, कोषाअध्यक्ष सुमित्रा अधिकारी, सदस्य मुना निरौलाको उपस्थित रहेको थियो ।
सेवा नै धर्म हो भन्ने भावनाका साथ नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले निरन्तररुपमा यस्ता परोपकारी कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।


