धनकुटाको महालक्ष्मीमा स्थित शारदा माबिद्वारा बार्षिक उत्सवको अवसरमा १३ अक्षयकोषको स्थापना
नारायण कुमार राई/धनकुटा,२१ माघ । शैक्षिक सुधारका लागि धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. २ मा रहेको श्री शारदा मा.बि.मा स्थानीय अभिभावकहरुले १३ वटा अक्षयकोष स्थापना गरिदिएका छन् ।
मंगलबार बिद्यालयको ६३ औं बार्षिक उत्सव कार्यक्रममा उनीहरुले आफ्ना जिबित तथा देहवसान भएका आफन्तको नाममा १२ लाख ६ हजार ५ सय ९४ रुपैया बराबरको अक्षयकोषको स्थापना गरिदिएका हुन् ।
अक्षयकोषको बारेमा जानकारी दिंदै बिद्यालयका प्राधानाध्यापक गुरु बरालले उक्त रकमको ब्याजबाट बार्षिक रुपमा बिद्यालयका गरिव तथा जेहेन्दार बिद्यार्थीहरुको शैक्षिक बिकासमा खर्च गरिने जानकारी दिनुभयो । अक्षयकोषका लागि सिताराम र तोयाराम कटुवालले २ लाख २५ हजार ५ सय २५ बराबरको लिलाबहादुर कृष्णमायाँ कटुवाल अक्षयकोषको स्थापना गर्नुभएको छ ।
त्यस्तै गणेश कटुवालले २ लाख २ हजार २ सय २२ बराबरको स्व.तारा सिं मनमाया कटुवाल स्मृति कोष स्थापना गर्नुभएको छ । धनबहादुर बुढाथोकी(रबिन)ले २ लाख ८२ रुपैंयाको तारा गंगा अक्षयकोष र पदमराज रखाल मगरले १ लाख १ सय ११ रुपैंयाको भीमलाल प्रकृति रखाल शैक्षिक सुधार अक्षयकोष स्थापना गर्नुभएको छ ।
बिष्णु लाया मगरले १ लाख १ हजार १ सय ११ बराबरको प्रेम पूर्ण,बिष्णु लाया मगर अक्षयकोष स्थापना गर्नु भएको छ । नरबहादुर बानियाले ५५ हजार ५ सय ५५ बजारबरको स्व.भेदबहादुर,राधिका बानिया स्मृति कोष र मदन र मूमिका रायाले सोही रकम बराबरको स्व.आसाबहादुर तेलिमाया राया स्मृति कोष स्थापना गर्नु भएको छ ।
डम्बर बहादुर कटुवालले ५१ हजार १ सय ११ बराबरको रुद्र बहादुर र स्व.मनमायाँ अक्षकोष र जितमायाँ कार्की र बेगबहादुर कार्कीले सोही रकम बराबरको स्व.कुलबहादुर देबीमायाँ कटुवाल स्मृति अक्षय कोष स्थापना गर्नुभएको छ ।
योगेन्द्र कटुवालले ५० हजार ५ रुपै.या बराबरको स्व.जगत लिलमायाँ झप्टिमान कटुवाल अक्षयकोष र शेभितमान कटुवालले ३२ हजार ५० बराबरको स्व.पबित्रा मायाँ भिममाया काजिमान स्मृति अक्षयकोष स्थापना गर्नुभएको छ ।
त्यस्तै रोहितमान थापाले ३१ हजार १ सय २५ बराबरको स्व.तारबिर नरमाया थापा र मोहन र सर्मिला श्रेष्ठले ३१ हजार १ रुपैंयाको स्व.लाल बहादुर नैनमाया अक्षयकोष स्थापना गर्नुभएको छ ।


