राष्ट्र र लोकतन्त्र मजबुत बनाउन सबै एक हुनुपर्छ ः कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई सुदृढ बनाउन सबै पक्ष एकताबद्ध हुन आवश्यक रहेको बताएका छन् ।

नेपाली लेखक संघ मोरङले विराटनगरमा बुधबार आयोजना गरेको ‘जलाइएको निवास र बाँचेका विचार’ विषयक कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान परिस्थितिमा साझा लक्ष्यसहित अघि बढ्नुपर्नेमा जोड दिए ।

नेता कोइरालाले पछिल्लो समय लोकतन्त्रका आधारभूत मूल्य र मान्यताप्रति बेवास्ता बढ्दै गएको संकेत गर्दै कांग्रेसको विचार र सिद्धान्तप्रति पार्टी प्रतिबद्ध रहेको बताए । ‘राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति हाम्रो अडान स्पष्ट छ,’ उनले भने, ‘यी मूल्यलाई आत्मसात गर्दै आउँदो निर्वाचनमा कांग्रेसलाई पुनः पहिलो दल बनाउनु आवश्यक छ ।’

जेनजी आन्दोलनका मागबारे टिप्पणी गर्दै डा. कोइरालाले सुशासन, भ्रष्टाचारमुक्त समाज र रोजगारीका विषय आफूले विगतदेखि नै उठाउँदै आएको दाबी गरे । कोभिड महामारीका बेला नै स्थानीय तहमा ४० प्रतिशत, प्रदेशसभामा ३० प्रतिशत र केन्द्रमा २० प्रतिशत युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने प्रस्ताव आफूले अघि सारेको उल्लेख गर्दै उनले युवाको आवाजलाई कांग्रेसले निरन्तर उठाउँदै आएको बताए ।

मुलुक निर्वाचनमय बनेको सन्दर्भमा उनले घरदैलो अभियानका क्रममा जनताको प्राथमिक चासो विकासमा केन्द्रित रहेको बताए । ‘जनताले अब धेरै अपेक्षा गरेका छैनन्, उनीहरू प्रत्यक्ष देखिने विकास चाहन्छन्,’ उनले
भने, ‘वडा तहमा जेन–जी वा प्रशासनभन्दा पनि विकास कसरी अघि बढाउने भन्ने विषयमा ध्यान केन्द्रित देखिन्छ ।’ विकासलाई सार्थक बनाउन सुशासन र भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उनको भनाइ थियो ।

कार्यक्रममा लेखकसमेत रहेका नेपाली कांग्रेसका युवा नेता सूर्यराज राई, प्राडा हरिहर भण्डारी र साहित्यकार सीमा आभासले बीपी कोइरालासँग जोडिएको साहित्यिक पक्षमाथि चर्चा गरेका थिए । कोशी प्रदेशसभाका पूर्वसदस्यसमेत रहेका राईले कोइराला परिवार, कांग्रेस र जनताबीचको ऐतिहासिक सम्बन्धबारे धारणा राख्दै जेनजी आन्दोलनले विराटनगरस्थित कांग्रेसको धरोहर निवास जलाए पनि त्यहाँबाट उत्पन्न विचार अमर रहने बताए ।

आयोजक समितिका अध्यक्ष दिङ्लाली कान्छोको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज साहित्यकारसमेत रहेका विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, चूडामणि नेपाल ‘अकिञ्चन’, जेनजी अर्पित कुँवरलगायतले वीपी कोइरालाले लेखेका कविता प्रस्तुत गरेका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।