संखुवासभामा ज्वाइँको खुकुरी प्रहारबाट ससुरा गम्भीर घाइते

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–८ आहालेमा ज्वाइँले खुकुरी प्रहार गर्दा एक वृद्ध गम्भीर घाइते भएका छन् ।

बुधबार दिउँसो करिब ४ बजे घरमै बसिरहेको अवस्थामा ७६ वर्षीय निङ्मा शेर्पामाथि खुकुरी प्रहार भएको हो । प्रहरीका अनुसार चैनपुर नगरपालिका २ पोखरी निवासी ४५ वर्षीय लाक्पा ओङ्दी शेर्पाले आफ्नै ससुरामाथि धारिलो हतियार प्रहार गरेका हुन् ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट भर्तिवालडाँडा तथा इलाका प्रहरी कार्यालय वानाबाट प्रहरी निरीक्षक सुन्दरकुमार यादवको कमाण्डमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो । खुकुरी प्रहारपछि फरार भएका ओङ्दीलाई गाउँमै लुकेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

गम्भीर घाइते निङ्मा शेर्पाको गाला र नाकमा चोट लागेको छ । उनलाई उपचारका लागि आधारभूत अस्पताल वानामा ल्याइएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-खांदबारी एफ एम

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।