प्रथम शहीद कपको उपाधि सिदिङ्वालाई

ताप्लेजुङ । प्रथम शहीद कपको उपाधि सिदिङ्वा गाउँपालिकाले चुमेको छ । बुधबार भएको फाईनल खेलमा सिरिजङ्गा गाउँपालिकालाई ट्राईबेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको हो । निर्धारित समयमा सिदिङका लागि दुवै गोल बिबेक सुनामले गरे भने सिरिजंघाका लागि हब्बु लिम्बु र भाईचुङ शेर्पाले गरेका थिए । यद्यपि पेनाल्टी शुटआउटमा भने सिदिङवा सफल बन्यो ।

विधागततर्फ सिदिङवाका बिपिन फोम्बो उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर सिरिजंघाका भाईचुङ शेर्पा, सर्वाधिक गोलकर्ता पनि सिरिजंघा कै सुमन गुरुङ चुनिदा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी सिदिङवाका बिबेक सुनाम घोषित हुँदै पुरस्कृत हुनुभयो ।

योङ कम्युनिष्ट लिग (वाईसिएल) मिक्वाखोला गाउँपालिकाको आयोजनामा भएको प्रतियोगिताको विजेता बने सङ्गै सिदिङ्वाले नगद १ लाख ५१ हजार १ सय ११ रुपियाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता भएको सिरिजङ्घा गाउँपालिकाले नगद १ लाख १ हजार १ सय ११ रुपियाँका साथ ट्रफी मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

मङ्गलबार भएको सेमिफाइनल खेलमा मिक्वाखोला गाउँपालिकालाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै सिरिजङ्गा फाइनलमा प्रवेश गरेको थियो भने फक्ताङलुङ गाउँपालिकालाई ट्राइबेकरमा नै ६–५ गोल अन्तरले पराजित गर्दै सिदिङ्वा गाउँपालिका फाईनलमा प्रवेश गरेको थियो ।

शहीद दिवसको अवसरमा गत माघ १६ गतेदेखि मिक्वाखोला गाउँपालिका–४ थलङमा सञ्चालन भएको शहीद कप बुधबार सम्पन्न भएको वाईसिएल मिक्वाखोला संयोजक सुजन साँबाले बताउनु भयो ।

१० वर्षे जनयुद्धका ताप्लेजुङ जिल्लाको पहिलो सहिद नरेन्द्र थलङ (सिङमान) र मिक्वाखोला गाउँपालिकाका सहिदहरूको स्मरण तथा सम्झना स्वरूप साथै खेलकुदको माध्यमद्वारा पालिकाको पर्यटकीय क्षेत्रलाई समेत टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको वाईसीएलले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।