कांग्रेस कोशी प्रदेश प्रवक्ताले दिए राजीनामा
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका प्रवक्ता यदु विष्टले जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
विशेष महाधिवेशन पक्षधर रहेका उनले प्रदेश सभापति उद्धव थापासँग वैचारिक मतभेद भएकाे भन्दै राजीनामा दिएका हुन् ।
थापा संस्थापन पक्षधर हुन् । उनले बुधबार प्रदेश सभापतिलाई सम्बोधन गर्दै प्रवक्ताकाे जिम्मेवारीबाट अलग भएको घोषणा गरे । २०८१ असोज ११ गते उनले प्रवक्तामा नियुक्ती पाएका थिए । राजीनामा पत्रमा विष्टले देशको बदलिँदो राजनीतिक परिवेश र विशेषगरी २०८२ भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पछिको परिस्थितिलाई विशेष महत्त्वका साथ उल्लेख गरेका छन् ।
गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनले पार्टीको नीति र नेतृत्वमा आधारभूत परिवर्तन ल्याएको र सोही बदलिएको परिस्थितिमा वर्तमान कार्यसमितिमा रहिरहन असहज भएको उनको जिकिर छ ।


