धनकुटामा खाना पकाउने क्रममा आगलागी(फोटो फिचर)
धनकुटा,२२ माघ । धनकुटाको एक घरमा आगलागी भएको छ ।
जिल्लाको धनकुटा नगरपालिका ४ छारागाँउ बस्ने लोक बहादुर श्रेष्ठको घरमा आज बिहान करिब ९:४० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ज्ञान कुमार महतोले जानकारी दिए ।
टिनको छानो ढुंगा माटोले बनेको १ तले घर र टिनको छानो बासको टाटिबेरा भएको भान्सा घरमा खाना पकाउने क्रममा आगलागी भएको हो ।
घटनाको खबर पाउनसाथ घटनास्थल पुगेका प्रहरी टोली र धनकुटा नगरपालिकाको २ वटा दमकल सहितको टोलीद्वारा आगो निभाउने कार्य भई रहेको छ ।
आगलागीबाट खद्यान्न,लताकपडा लगायतका सरसामान क्षति भएको साथै क्षतिको पुरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।






