सुनसरीको हरिनगरबाट १ हजार दरको २८ थान नक्कली नेपाली नोट सहित एक जना पक्राउ
सुनसरी, माघ २२ गते । सुनसरीको हरिनगर गाउँपालिका-१ स्थितबाट नक्कली नेपाली रुपैया १ हजार दरको २८ थान नोट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ईनरुवा नगरपालिका-१० का २५ बर्षीय बहिस मियाँ रहेका छन । पक्राउ परेका मियाँले माघ २१ गते राती हरिनगर-१ स्थित किराना पसलमा समान खरिद गर्दा नक्कली नोट दिएको भनि पसल धनीले प्रहरीलाई जानकारी गराउना साथ प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले मियाँलाई तत्काल नियन्त्रणमा लिई शरिर खानतलासी गर्दा उनको साथबाट नक्कली नेपाली रुपैया १ हजार दरको २८ थान नोट बरामद गरेको हो ।
पक्राउ परेका बहिस मियाँको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।


