प्रहरीले भन्यो : रास्वपाको कार्यालयमा तोडफोड भएको होइन
झापा । झापाको कमल गाउँपालिका–२ स्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालय रहेको घरमा तोडफोड गरिएको छ ।
घरधनी जयराम अधिकारी सुत्ने कोठामा ढुंगा प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधबार (माघ २१) राति अधिकारी सुत्ने कोठाको झ्यालमा ढुंगा प्रहार गरिँदा सामान्य भौतिक क्षति भएको झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
“रातिको समयमा घरधनी जयराम अधिकारी सुत्ने कोठाको झ्यालमा ढुंगा प्रहार गरेर तोडफोड भएको हो, रास्वपाको सम्पर्क कार्यालय होइन । अन्य क्षति भएको छैन,” उनले भने ।


