ओखलढुंगाको चिशंखुगढीमा सिंगै गाउँद्वारा निर्वाचन बहिष्कार

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेका गाउँलेहरूले आगामी फागुन २१ का लागि तय गरिएको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् । यहाँ पछिल्लो समय लगातार हत्या र लुटपाटका घटना भएका छन् । घटनापछि यहाँका गाउँलेहरूले गाउँ नै छाड्न थालेका छन् ।

यहाँ पछिल्लो एक महिनामा ४ जनाको हत्या भएको थियो । त्यसपछि डराएका गाउँलेहरू जिल्लाबाहिर आफन्तकहाँ गएर बस्न थालेका छन् । गाउँमा बाँकी रहेकाहरू पनि छिमेकीहरू एकै ठाउँमा जम्मा भएर समूहमा सुत्न थालेका छन् । स्थानीयका अनुसार गाउँलेको गोठबाट पशुचौपाया पनि चोरी भइरहेका छन् ।

गाउँलेहरूले असुरक्षाको कारण देखाउँदै मतदान बहिष्कार गर्ने निर्णय गरेका हुन् । उनीहरूले गाउँको सुरक्षाका लागि राज्य र सुरक्षा निकाय गम्भीर नदेखिएको आरोप लगाएका छन् । यहाँ केही महिनाअघि पनि यस्तै घटना भएका थिए । ती घटनामा संलग्न गिरोह नै समातेको प्रहरीले बताएको थियो । तर अहिले फेरि त्यस्तै घटना हुन थालेका हुन् ।

अहिलेका घटनामा संलग्न भने पक्राउ परेका छैनन् । लगातारका हत्या, लुटपाट र हिंसाका घटनाले गाउँमा त्रास र असुरक्षाको वातावरण सिर्जना भएको छ । डराएका गाउँलेहरूको भेलाले राज्य नागरिकको जिउधनको सुरक्षा गर्न असफल भएको निष्कर्ष निकाल्दै चुनाब बहिष्कार गर्ने निर्णय गरेको हो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।