प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा चौतारी धनकुटाद्वारा शुभकामना कार्यक्रमको आयोजना
धनकुटा,२२ माघ । प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा चौतारी धनकुटा शाखाले पनि कार्यक्रमको आयोजना गरि मनाएको छ ।
दिवसको अवसरमा प्रेस चौतारी जिल्ला शाखाद्वारा शुभकामना कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त अवसरमा चौतारीका पुर्व केन्द्रीय सदस्य तथा धनकुटा ईन्चार्ज सिद्धराज राई, चौतारी पुर्व केन्द्रीय सदस्य रमेशचन्द्र अधिकारी, पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य गोपाल बराइली, पत्रकार महासंघका पुर्व अध्यक्ष द्वय खगेन्द्र घिमिरे, नगेन्द्र राई, एमाले जिल्ला अध्यक्ष शिव आङ्ला, चौतारी धनकुटाका अध्यक्ष नारायण कुमाप राई लगायतले आ-आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा सहभागी वक्ताहरुले सामाजिक सञ्जाल नियमनको दायरामा आउन नसक्दा सुचना तथा समाचारको विश्वसनीयतामा संकट बढेको बताए ।


