एमाले ओखलढुंगा संयोजकको जिम्मेवारी राईलाई
ओखलढुंगा, २२ माघ । नेकपा एमालेले ओखलढुंगा जिल्ला संयोजकको जिम्मेवारी हर्कबोल राईलाई दिएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको मुखमा बसेको जिल्ला कमिटीको बैठकले राईलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो।
राई पूर्व संविधानसभा सदस्यसमेत हुन्।


