लैंगिक हिंसा रोक्न सचेनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई लैंगिक हिंसामुक्त महानगर बनाउन सरोकारवाला सबै संघसंस्थाको सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।

लैंगिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना दोस्रो चरण स्थानीय परियोजना सल्लाहकार समितिको बैठकलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले लैंगिक हिंसा रोकथामका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा समेत जोड दिए । उनले सीमित स्रोत साधनका बीच पनि महानगरले भौतिक विकाससँगै मानवीय विकास पनि गरिरहेको सुनाए ।

उपमेयर शिल्पा निराला कार्कीले लैंगिक हिंसा रोकथामका लागि महानगरपालिकाले बजेट नै छुट्याएर कार्य गर्दै आएको जानकारी दिइन् । लैंगिक हिंसा पूर्ण रुपमा नियन्त्रण गर्न नसके पनि न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो ।

प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले लैंगिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजनालाई दिगोपन दिन महानगर तयार रहेको उल्लेख गरे । कार्यक्रममा एवीसी नेपालकी अध्यक्ष विष्णु शर्माले परियोजनालाई दीर्घकालसम्म सञ्चालन गर्न महानगरको सहयोग अपरिहार्य रहेको चर्चा गरिन् । महानगरकै सहयोगका कारण परियोजना सञ्चालनमा सहयोग पुग्दै आएको उनको भनाइ थियो ।

कार्यक्रममा महानगरको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मञ्जु लोहनी, माइती नेपालका विनोद पोखरेल, युएनएफपीएका प्रतिनिधि सरोज भुसाललगायतको उपस्थितिमा भएको कार्यक्रममा सीएमसी नेपालकी मनोसामाजिक संयोजक निशा दाहालले परियोजनाले गरेका कार्यप्रगति प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा गत वर्षको समीक्षासहित आगामी योजनासमेत प्रस्तुत गरिएको थियो ।

विराटनगर महानगरको लागत साझेदारीमा युएनएफपीएको आर्थिक सहयोग सीएमसी नेपाल र एवीसी नेपालसँगको समन्वयमा विगत २०२१ जुलाईदेखि परियोजना सञ्चालन हुँदै आएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।