प्याव्सन लेटाङद्वारा प्रीएसइइ परीक्षा सुरु, ११ विद्यालयका २ सय २६ विद्यार्थी सहभागी

लेटाङ, २२ माघ । आगामी चैत्र १९ गतेदेखि सुरु हुन गइरहेको एसइइ परीक्षाको तयारी स्वरुप प्याव्सन लेटाङले प्रीएसइइ परीक्षा सुरु गरेको छ ।

प्याव्सन लेटाङको व्यवस्थापनमा प्याव्सनमा आवद्ध ११ वटा सँस्थागत माध्यमिक विद्यालयले एसइइ परीक्षाको तयारी स्वरुप कक्षा १० का विद्यार्थीहरुका लागि प्रीएसइइ परीक्षा सञ्चालन गरेका हुन् ।

लेटाङ ४ स्थित ग्रीनभ्याली एकेडेमीलाई परीक्षा केन्द्र निर्धारण गरि प्याव्सन लेटाङले एसइइ कै झल्को दिने गरि परीक्षा सञ्चालन गरेको हो ।

परीक्षामा लेटाङका ११ वटा सँस्थागत माविका २ सय २६ जना विद्यार्थी सहभागी भएको प्याव्सन लेटाङका सचिव खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

आजदेखि सुरु भएको परीक्षा माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।