मोरङमा पहिलो पटक आमाको नामबाट नागरिकता वितरण

विराटनगर। मोरङ जिल्लामा पहिलो पटक आमाको नामबाट नागरिकता वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनमा भएको कानुनी व्यवस्थाअनुसार बाबु विदेशी तथा आमा नेपाली भएको अवस्थामा अंगीकृत नागरिकता प्रदान गरिएको हो।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार सोही कानुनी आधारमा माघ ७ गते बुुधबारदेखि जिल्लाका बासिन्दालाई अंगीकृत नागरिकतासँगै वंशजको आधारमा समेत नागरिकता वितरण भइरहेको छ। माघ ७ गते आमाको नामबाट पहिलो नागरिकता उपलब्ध गराएयता हालसम्म करिब ४० जनालाई नागरिकता प्रदान भइसकेको उनले जानकारी दिए।

उनका अनुसार नागरिकता वितरणसँगै कागजात संकलनको कार्य पनि निरन्तर भइरहेको छ। नागरिकता प्रदान गर्दा आवश्यक कागजातहरू ध्यानपूर्वक जाँच तथा निगरानीका साथ संकलन गरिएको पौडेलले बताए।
आमाको नामबाट नागरिकता वितरण मोरङ जिल्लामै पहिलो पटक भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

पहिलो पटक वितरण सुरु भएकाले सेवाग्राहीको भीड बढेको र त्यसलाई व्यवस्थापन गर्न टोकन प्रणालीमार्फत सेवा प्रदान भइरहेको जनाइएको छ। चुनावी समयसँगै कर्मचारीहरू निर्वाचन कार्यमा खटिनुपर्ने भएकाले कर्मचारी अभाव देखिन सक्ने र त्यस कारण केही दिन नागरिकता वितरण प्रक्रिया प्रभावित हुन सक्ने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।