मोरंगको केराबारीमा श्रम संस्कृति पार्टीको वडा कमिटी
केराबारी । मोरंगको केराबारी १ पाटी गाउँमा श्रम संस्कृति पार्टीले संगठन विस्तारलाई निरन्तरता दिदै बुधबार १ नं. वडा कमिटी गठन गरेको छ।
गाउँपालिका कमिटीका अध्यक्ष पुर्ण प्रकास पूर्वछाने मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले कमल राई को अध्यक्षातामा ३५ सदस्यीय पाटी गाउँ वडा कमिटी गठन गरेको हो ।
उपाध्यक्षमा आसविर राई रामदल लिम्बू ,सचिवमा देविन्द्र लिम्बू र कोषाध्यक्षमा अञ्जना लिम्बू चयन भएका छन् ।श्रमसस्कृति पार्टी हर्क साम्पांगले नेतृत्व गरेको पार्टी हो ।


