प्रेस चौतारी मोरङद्वारा पत्रकार सुरेश अधिकारी सम्मानित
मोरंग । प्रेस चौतारी नेपालको २८ औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी मोरङ कार्यसमितिद्वारा आयोजित कार्यक्रममा पत्रकार सुरेश अधिकारी सम्मानित भएका छन्।
आज आयोजित उक्त कार्यक्रममा कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार प्रदान गर्दै प्रेस चौतारीका प्रदेश सदस्य सुरेश अधिकारीलाई पुरस्कृत गरिएको हो। पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै अधिकारीलाई उक्त पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली प्रमुख अतिथिका रूपमा सहभागी थिए भने प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुईटेल, संगठनका केन्द्र, प्रदेश तथा जिल्ला तहका पदाधिकारी, अग्रज पत्रकार, सहकर्मी पत्रकारहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रेस चौतारी मोरङले स्थापना दिवसलाई थप भव्य बनाउन पत्रकारिता पुरस्कार स्थापना गरी सहयोग गर्ने सिग्देल परिवारप्रति विशेष धन्यवाद व्यक्त गरेको छ। साथै पुरस्कार प्राप्त गर्ने पत्रकार सुरेश अधिकारीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना गरिएको छ।
कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, पत्रकार तथा सहयोगीहरूप्रति आयोजक संस्थाले आभार व्यक्त गरेको चौतारीका जिल्ला सचिव नवराज भट्टराईले जानकारी दिएका छन्।


