जन्ती बोकेको बस दुर्घटना हुंदा ८ जनाको मृत्यु
बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । पुर्चाैडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो ।
सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक कुमार रायले जानकारी दिनुभयो ।
मृत्यु हुनेहरूमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशव राज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेश राज जोशी रहेका छन् । बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी गाउँपालिका–७ का ४० वर्षीय बसन्त राज रतलाको पनि मृत्यु भएको छ ।
त्यस्तै, बैतडीको पुर्चौली नगरपालिका–७ का वर्षीया पुष्पा अवस्थीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ४५ जना घाइते भएका छन् । घाइतेहरूको उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ ।


