धनकुटाका यी स्थानमा आज दिउंसो बिद्युत सेवा अवरुद्द हुने
धनकुटा,२३ माघ । धनकुटाका केही स्थानमा आज दिउंसो बिद्युत सेवा अवरुद्द हुने भएको छ ।
आज बिहान ११ बजे देखि दिउसो २ बजे सम्म ११ के .भि.निशान फिडर अन्तर्गत धनकुटा नगरपालिका वडा न. २ स्थित रामसालेटार नजिक रहेको ११ के. भि. लाइनको आवश्यक लाइन, मर्मत संभार कार्य गर्नुपर्ने भएकोले बैरे,सफिया,सुन्तले,गैरिगाउ,लगायतका स्थानहरुमा बिद्युत सेवा अबरुद्द हुने नेपाल विद्युत प्राधिकरण धनकुटा बितरण केन्द्रले जनाएको छ ।
समय अगाडि नै काम सकिएमा उल्लेखित समय अगाडीनै लाइन सुचारु हुने पनि प्राधिकरणले जनाएको छ ।


