पाख्रीबासमा भोलिबाट संचालनमा आउंदै नुनथला आकृति मीट मार्ट
धनकुटा,२३ माघ । धनकुटाको पाख्रीबास नगरपालिका ४ मा भोलिबाट नुनथला आकृति मीट मार्ट संचालनमा आउने भएको छ ।
पाख्रीबासमै मासु बजारको पहिलो आउटलेटको रुपमा संचालनमा आउने मार्टले ग्राहकहरुलाई ताजा र गुणस्तरिय बंगुर,बोइलर,खसी लगायत सबै प्रकारका मासु उपलब्ध गराउने संचालक लिलाराम राईले जानकारी दिए ।
पसलमा नियमित आउने ग्राहकहरुलाई विशेष छुट, सुपथ मूल्य साथै होम डेलिभरिको समेत ब्यवस्था गरिएको राईले बताए ।
पाख्रीबास बजारको मुख्य चोकदेखि ३० मिटर पूर्व हिले जाने रोडमा संचालनमा आउन लागेको हो । थप जानकारीको लागि संचालकको सम्पर्क ९८०८६०११६१ मा सम्पर्क गर्न सकिनेछ ।


