कोशी प्रदेश प्रहरी प्रमुखद्वारा प्रदेश अन्तर्गत रहेका प्रहरी कार्यालयका प्रमुखहरुलाई भर्चुअल माध्यमद्वारा निर्देशन

विराटनगर, माघ २३ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले कोशी प्रदेश अन्तरगत रहेका प्रहरी कार्यालयका प्रमुखहरुलाई भर्चुअल माध्यमद्धारा निर्वाचन लक्षित आवश्यक निर्देशन दिनु भएको छ ।

निर्देशनको क्रममा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन र संवेदनशील क्षेत्रको पहिचान गरी आवश्यक सुरक्षा सतर्कता अपनाउन, गस्ती र निगरानीलाई थप प्रभावकारी बनाउन तथा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन निर्देशन दिनु भएको छ ।

निर्देशनको क्रममा प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाले शान्ति–सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह तथा अपराध अनुसन्धानलाई नतिजामुखी बनाउँदै कार्यसम्पादन सूचाङ्क अनुसार जिल्ला प्रहरी कार्यालयहरुले प्रहरी काम कारवाहीमा बिशेष जोड दिन र सत प्रतिशत लक्ष अनुसार प्रहरी काम कारवाही गर्न नसकेका प्रहरी कार्यालयहरुले जिम्मेवारीबोधका साथ आ-आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनु भएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।