ओखलढुंगाको भदौरेमा दुई साताअघि भएको राई दम्पत्ति हत्याकाण्डमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ
ओखलढुंगा । ओखलढुंगाको भदौरेमा दुई साताअघि भएको हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
ओखलढुंगाको चिशङ्खुगढी ६ भदौरेका चन्द्र विक्रम राई र चन्द्रमाया राईको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्ने सोही स्थानका दाजुभाई रहेका छन् ।
पक्राउ परेकाहरुको पहिचान खुलाइएको छैन । भदौरेको बोहोरेमा बसोबास गर्दै आएका ८० वर्षीय चन्द्रविक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको हत्यापछि लुटपाट भएको थियो ।


