एमाले अध्यक्ष ओली आज आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाटमा
झापा । नेकपा एमालेका अध्यक्ष केपी ओली आज आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाटमा केन्द्रित भएका छन्। हिजो झापा पुगेका ओली अहिले झापाली जनतासँग भेटघाटमा छन्।
ओली फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि झापा ५ बाट उम्मेदवार बनेका छन्।
ओली एक साता झापा बस्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। ओलीसँग झापा ५ मा रास्वपाका वरिष्ठ बालेन शाह चुनावी प्रतिस्पर्धामा छन्।
त्यसैले पनि ओलीले आफ्नो चुनावी गतिविधिलाई बढाएका हुन्। हिजो झापा पुगेका ओलीले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्।


