इलामको माइजोगमाई नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इलाम । इलाममा भूकम्प गएको छ ।
इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर शनिबार साँझ पाँच रेक्टरस्केलको भूकम्प गएको हो।


