काठमाडौबाट ओखलढुङ्गा जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खस्यो
काठमाडौं, माघ २७ । काठमाडौंबाट ओखलढुंगाको जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खसेको छ ।
उक्त दुर्घटनामा ठूलो हताहती भएको बताइएको छ ।
ओखलढुङ्गाको रगनी जाँदै गरेको उक्त बस रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ मा दुर्घटनामा परेको हो । अहिले घटनास्थलमा स्थानीय र प्रहरी उद्धारमा खटिएका छन् ।
दुर्घटनामा परेको गाडी नम्बर र अन्य विस्तृत विवरण आउन बाँकी रहेको छ ।

