तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या नौ पुग्यो

काठमाडौ । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ। रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुगेको जानकारी दिएका छन्।

प्रमुख जिल्ला अधिकारी थापाका अनुसार बस खसेको स्थानमा खोजी कार्यका क्रममा थप तीनवटा शव फेला परेका हुन्। यससँगै मृतकको संख्या नौ पुगेको हो। उनका अनुसार छ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो भने तीनवटा शव घटनास्थलमै फेला परेका हुन्।

काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुवाहक बस तामाकोशी नदीमा खसेको थियो। दुर्घटनापछि उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ।

प्रहरीका अनुसार आज बिहान रामेछापको मचानेटार भन्ने स्थानबाट छुटेको बस अनियन्त्रित भई तामाकोशी नदीमा खसेको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र घटनास्थलमा सुरक्षाकर्मीको टोली खटिएको जनाइएको छ।

यातायात समितिका अनुसार बसमा जडीबुटीबाट पाँच जना र चाबहिलबाट तीन जना यात्रुले टिकट काटेका थिए। तर बाटोबाट अन्य थप यात्रु चढेका थिए वा थिएनन् भन्ने विषयमा यकिन भइसकेको छैन।

दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी कार्यलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी थापाले बताएका छन्। सडकबाट खसेको बस नदीमा डुबेको अवस्थामा रहेकाले सम्भावित अन्य यात्रुको खोजी कार्य अझै जारी रहेको जनाइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।