फागुन २१ को निर्वाचन तयारी तीव्र : मतपेटीकालगायत सामग्री ढुवानी सुरू
काठमाडौ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपेटीकालगायतका सामग्री ढुवानी गरिरहेको छ ।
आयोगले अघिल्लो हप्ताबाट नै मतपेटीका लगायतका सामग्री ढुवानी सुरू गरेको हो ।
आयोगका अनुसार नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाइनेछ भने ३७ प्रकारका निर्वाचन सामग्री जिल्लास्तरमै व्यवस्थापन गरिनेछ ।


