इलाममा आगलागी हुंदा एक घर जलेर नष्ट
इलाम । इलाममा आगलागी हुंदा एक घर जलेर नष्ट भएको छ ।
इलामको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार-प्याङ सडकअन्तर्गत तारेभिरदेखि केही पर बाटोमास्तिर दाछिरी तामाङ (गोले कान्छा)को घर आगलागीमा नष्ट भएको छ।
घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने काम भइरहेको छ भने घर आगोले पूर्ण रुपमा नष्ट भएको छ ।
आगलागीको कारण र क्षतिको थप विवरण आउन बाँकी छ ।


