फेवातालमा खसेको कार यसरी निकालियो बाहिर
पोखरा । फेवातालमा खसेको कार बाहिर निकालिएको छ। बिएए १५८२ नम्बरको कार रातिको समयमा आज बिहान करिब २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित गैह्राकोचौतरा नजिकबाट फेवातालमा खसेको हाे ।
सशस्त्र प्रहरी बलको टोलीले उक्त कार र कार चालक स्याङ्जाको फेदीखोला गाउँपालिका–५ स्थायी घर भई हाल पोखरा महानगरपालिका–७ मासबार बस्ने २४ वर्षिय अदित गुरुङलाई फेवातालबाट निकालेको हो।
सशस्त्रका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार अचेत अवस्थामा उद्धारपछि कारचालक गुरूङलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको थियो।
उनलाई चेकजाँच लगत्तै डाक्टरले मृत्यु घोषणा गरेको थियो ।

