झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित १० जना पक्राउ

विराटनगर, फागुन ०२ गते । झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फागुन १ गते झापाको गौरीगंज गाउँपालिका- २ स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मे.१० प ८४३२ नम्बरको स्कुटि चालक कमल गाउँपालिका- ५ का संजोक राई र स्कुटी पछाडी सवार सुर्य बहादुर वि.क.लाई ४२ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाले बिर्तामोड- २ बाट सोहि स्थानका गोबिन्द बस्नेत, तिलक बुढाथोकी, टंक गिरी, उदय साहलाई ८ ग्राम ४४० मिलिग्राम सहित र कनकाई- ८ बाट सोहि स्थानका अजय राजवंशीलाई २ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

त्यस्तै मोरङको बिराटनगर- १५ बाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो बिराटनगरले सुन्दरहरैचा- ६ का सरोज चौलागाईलाई ३ ग्राम सहित नियन्त्रणमा लिएको हो भने सुनसरीको धरान- १० बाट अस्थायी प्रहरी चौकी श्यामचौकले सन्दिप राई र भुमिका बर्देवालाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा ४१६ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।