पथरी शनिश्चरे नगरपालिका कार्यसम्पादनमा मोरङ प्रथम
मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यसम्पादनमा मोरङ प्रथम भएका छ्न ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजामा पथरी शनिश्चरे नगरपालिकाले उत्कृष्ट उपलब्धि हासिल गर्दै प्रथम बनेको हो ।
प्राप्त नतिजाअनुसार नगरपालिकाले ७४.६९ अंक प्राप्त गर्दै मोरङ जिल्ला भरिका गाउँपालिका तथा नगरपालिकाहरू मध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय तहको रूपमा पहिलो स्थान हासिल गरेको हो ।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार स्थानीय तहको सेवा प्रवाह, विकास निर्माण, आर्थिक पारदर्शिता, योजना कार्यान्वयन तथा समग्र प्रशासनिक कार्यक्षमताको आधारमा मूल्याङ्कन गरिएको थियो। सोही मूल्याङ्कनमा पथरी शनिश्चरे नगरपालिकाले उत्कृष्ट अंक प्राप्त गर्दै जिल्ला भरिका गाउँपालिका एवम् नगरपालिकाहरू मध्ये अग्रस्थान कायम गर्न सफल भएको हो ।


