अव्यवस्थित सहकारीलाई कानुनी दायरामा ल्याएका छौं : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरमा दर्ता भएका सहकारी संस्थालाई कानुनी मापदण्डअनुसार सञ्चालन गर्न कडाइ गरिएको बताएका छन् । विगतमा अव्यवस्थित तथा नियमविपरीत सञ्चालनमा रहेका सहकारीलाई नियमन गरी कानुनको दायरामा ल्याइएको उनको दाबी छ ।

महानगरको सहकारी शाखाले आयोजना गरेको दुईदिने ‘सहकारी सञ्चालन तथा व्यवस्थापन’ तालिम उद्घाटन गर्दै मेयर कोइरालाले सहकारी क्षेत्रलाई पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित बनाउन महानगर प्रतिबद्ध रहेको बताए । ‘सहकारी संस्थाहरू सहकारीको मूल मर्म र भावनाअनुसार चल्नुपर्छ भन्ने हाम्रो स्पष्ट नीति हो,’ उनले भने ।

उनका अनुसार सहकारी संस्था निम्न तथा मध्यम वर्गीय परिवारको बचत परिचालन र आयआर्जन वृद्धिमा प्रभावकारी माध्यम बन्न सक्छन् । त्यसका लागि संस्थागत सुशासन, वित्तीय अनुशासन र व्यावसायिक व्यवस्थापन अपरिहार्य रहेको उनले औंल्याए ।

महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले सहकारी संस्थाको क्षमता अभिवृद्धिका लागि नियमित तालिम कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिए । सहकारी सञ्चालक मात्र होइन, व्यवस्थापकहरूलाई समेत लक्षित गरी फरक–फरक विषयमा प्रशिक्षण दिइँदै आएको उनको भनाइ छ । उनले भने, ‘व्यवस्थापक सहकारीको कार्यकारी नेतृत्व हो। संस्थालाई सही दिशामा अघि बढाउन उनीहरूको दक्षता अत्यन्त महत्वपूर्ण हुन्छ ।

आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौलाले सहकारीको आधार समुदायमा रहेको उल्लेख गर्दै स्थानीयस्तरमा छरिएर रहेको पुँजी, सीप र ज्ञानलाई एकीकृत गर्दै उत्पादनशील क्षेत्रमा परिचालन गर्नु नै सहकारीको उद्देश्य भएको धारणा राखे ।

सहकारी शाखाकी प्रमुख चाँदनी राईका अनुसार सहकारी क्षेत्रको अनुगमन र सुदृढीकरणका लागि महानगरले नियमित रूपमा समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ । हालै सहकारीका अध्यक्ष र व्यवस्थापकहरूसँग अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको उनले जानकारी दिइन् ।

तालिम कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेडका कोशी प्रदेश कार्यालय प्रमुख चिरञ्जीवि तिम्सिना, सहकारी शाखाकी प्रमुख राई तथा जहदा गाउँपालिकाका सहकारी शाखा प्रतिनिधि दीपककुमार खड्काले सहजीकरण गर्ने सहकारी शाखाकी रोजी कार्कीले जानकारी दिइन् ।
कार्यक्रममा महानगरमा दर्ता भएका विभिन्न सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारी गरी ४० जनाको सहभागिता रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।