इलामको चुलाचुलीमा महिलाको शव झु’ण्डिएको अवस्थामा फेला
इलाम । इलामको चुलाचुली गाउँपालिका–३ स्थित एक महिलाको शव आफ्नै घर नजिकैको गुहालीमा झुण्डिएको अवस्थामा फेला परेको छ।
प्रारम्भिक जानकारी अनुसार मृतक अन्दाजी ३१ वर्षकी महिला रहेको बताइएको छ।
स्थानीयका अनुसार घटना सोमबार बिहान सार्वजनिक भएको हो। घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ।
प्रहरीले घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ साथै मृतकले प्रयोग गर्ने मोबाइल फोन हालसम्म फेला नपरेको र त्यसबारे पनि खोजी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण सिर्जना गरेको छ। प्रहरीले थप विवरण अनुसन्धान पछि सार्वजनिक गरिने बताएको छ।


