धनकुटाका स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनमा साँगुरीगढी गाउँपालिका पहिलो

धनकुटा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनमा धनकुटाको साँगुरीगढी गाउँपालिकाले सबैभन्दा बढी अंक पाएको छ ।

सार्वजनिक नतिजा अनुसार साँगुरीगढी ६६.५२ अंक प्राप्त गर्दै पहिलो भएको छ । यस्तै धनकुटा नगरपालिका ६४.०५ अंकसहित दोस्रो र चौबिसे गाउँपालिका ६३.१६ अंकसहित तेस्रो भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिका ६३.१२ अंकसहित चौथो, सहिदभूमि गाउँपालिका ५७.९ अंकसहित पाँचौँ र पाख्रिबास नगरपालिका ४३.५९ अंकसहित छैटौँ भएको छ । छथर जोरपाटी गाउँपालिका ३९.६४ अंकसहित सबैभन्दा अन्तिम स्थानमा परेको छ ।

मूल्याङ्कनमा आयोगले राजस्व परिचालनको अवस्था, बजेट खर्च प्रगति, बेरुजु व्यवस्थापन, सूचना सफ्टवेयरको प्रयोग, शिक्षा तथा स्वास्थ्यसँग सम्बन्धित सामाजिक सूचक, विद्यार्थी भर्ना दर लगायतका १७ वटा सूचक प्रयोग गरेको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।