ठूला कुरा गर्दिन,जे भन्छु त्यो पूरा गर्छु : भगवती चौधरी

इटहरी । सुनसरी क्षेत्र नम्बर ३ की एमाले उम्मेदवार भगवती चौधरीले पुरा गर्न नसकिने आश्वासन नदिने प्रतिबद्धता जनाउनुभएको छ ।

इटहरीमा सुनसरीका बुद्धिजिवीहरु सँग भन्नुभयो “म ठूलठूला तर पूरा हुन नसक्ने झुठा आश्वासन दिन्न तर जे प्रतिबद्धता जनाँउछु त्यो पुरा गरेर देखाँउछु ।” चौधरीले सुनसरी क्षेत्र नं. ३ लाई मुलुककै १० नमुना क्षेत्र मध्ये एउटा नमूना क्षेत्रका रुपमा विकास गर्ने आफू सँग स्पष्ट योजना रहेको सुनाउनुभयो ।

अघिल्लो चुनाबमा काँग्रेसका बिजय गच्छदारलाई ५हजार १सय ८८ मतान्तरले पराजित गरेकी चौधरीले तीन वर्षको अवधिमा करिब सवा अर्बको विकास बजेट ल्याएको बताउनुभयो । ती मध्ये धेरै योजना पुरा भएका,केहि संचालनमा रहेका र केहि अधुरा रहेकाले पूरा गर्ने जिम्मेवारी सुम्पन आग्रह गर्नुभयो ।

अहिले सम्म २ हजार बढिलाई रोजगार दिलाएको जानकारी गराउदै चौधरीले कम्तिमा ५ हजार युवाहरुलाई आफ्नै घरमा बसेर पैसा कमाउन सक्ने बनाउने योजना सुनाउनुभयो । उहाँले २७५ एकल,दलित,बिपन्न परिवारलाई घर बनाएर हस्तान्तरण गरिसकेको बताउनुभयो । दुई बर्षमा अरु ४ सय बिपन्न परिबारलाई घर बनाइदिने प्रतिबद्धता जनाउनुभयो ।

अन्तरक्रियामा सहभागी बुद्धिजिवीहरुले भगबती चौधरी स्वच्छ छबीको रहेको भन्दै प्रशंसा गरेका छन । उहाँलाई पूरा गर्न नसकिने कुरा नगर्न,अरु उम्मेदवारको आलोचना नगर्न बरु आफूले गरेका कामको जानकारी घर घर पुरयाउन सुझाब दिएका छन । बुद्धिजिबीले हेर्दा सानो तर परिणामुखी काम गर्न सुझाएका छन ।

एमाले उम्मेदवार चौधरीले प्रतिबद्धता पत्र सार्बजनिक गर्नु अघि बुद्धिजिबी सँग परामर्श गर्नुभएको हो । कार्यक्रममा तीन दर्जन बढी एमाले मात्र नभएर अन्य दलप्रति आस्था राख्ने र स्वतन्त्र बुद्धिजीबीको सहभागिता थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।