मोरङ ५ मा मनोजकुमार अग्रवालका महत्वाकांक्षी प्रतिबद्धता सार्वजनिक

मोरङ । नेकपा (एमाले) का तर्फबाट मोरङ निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा उम्मेदवार मनोजकुमार अग्रवालले व्यापक विकास, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै आफ्नो विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन्।

अग्रवालले सुदखोरी, कालाबजारी, मिटरव्याजी तथा भ्रष्टाचारजन्य गतिविधि नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। उनले शान्ति सुरक्षा सुदृढीकरण, सीमावर्ती क्षेत्रमा सुरक्षा चौकी विस्तार तथा नियमित गस्ती बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उम्मेदवार अग्रवालले युवालाई लक्षित रोजगारी तथा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने, प्रत्येक वडामा खेलमैदान, व्यायामशाला र खेल सामग्रीको व्यवस्था गर्ने योजना अघि सारेका छन्। महिलाका लागि आयमूलक कार्यक्रम, सीपमूलक तालिम तथा निःशुल्क स्वास्थ्य जाँच सञ्चालन गरिने उल्लेख छ।

जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण, तीर्थाटन, भजनकिर्तन तथा धार्मिक भ्रमण कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूको स्तरोन्नति, कम्प्युटर र इन्टरनेट सुविधा विस्तार तथा प्रत्येक वडामा नमुना विद्यालय स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ। रंगेलीस्थित जनता क्याम्पसको स्तरोन्नति तथा स्वास्थ्य संस्थाहरूको विस्तारमा जोड दिइएको छ।

रंगेली अस्पताललाई आधुनिक सुविधा सम्पन्न बनाउने, धनपालथान र जहदामा नयाँ अस्पताल स्थापना गर्ने तथा सबै वडामा प्राथमिक स्वास्थ्य चौकी निर्माण गर्ने योजना अघि सारिएको छ।

धनपालथान र जहदालाई विशेष कृषि जोन घोषणा गर्ने, सहुलियत दरमा मल, बीउ र कृषि सामग्री उपलब्ध गराउने तथा डिप बोरिङ सिँचाइ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। बक्राहा, लोहन्द्रा लगायत खोलानालामा तटबन्धन निर्माण गरी बाढी नियन्त्रण गरिने उल्लेख छ।

विराटनगरको रानी क्षेत्रका बन्द उद्योगहरू पुनः सञ्चालनका लागि “विराट औद्योगिक क्षेत्र” घोषणा गर्ने पहल गरिने बताइएको छ। कृषि तथा अन्य रोजगारमूलक उद्योग स्थापना, सीपमूलक तालिम केन्द्र स्थापना र युवालाई बिना धितो सरल कर्जा उपलब्ध गराउने योजना सार्वजनिक गरिएको छ।
ढल–नाला निर्माण, कालोपत्रे सडक विस्तार, रानी–कटहरी रेल सञ्चालन तथा रानी–रंगेली रेल विस्तारमा विशेष पहल गरिने प्रतिबद्धता छ।

धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन
क्षेत्रभित्रका मठमन्दिर, मस्जिद, गुम्बा र चर्चहरूको स्तरोन्नति, सांस्कृतिक संग्रहालय निर्माण तथा धार्मिक पर्यटन मार्ग विकास गर्ने योजना प्रस्तुत गरिएको छ।
निरक्षर, अशक्त तथा गरिब परिवारलाई निःशुल्क कानुनी परामर्श सेवा, नागरिकता समस्याको समाधान तथा महिला हिंसा, बालविवाह र छुवाछुत विरुद्ध विशेष अभियान सञ्चालन गरिने घोषणा गरिएको छ।

अग्रवालले एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई आत्मसात गर्दै मोरङ–५ लाई विकासको मूलधारमा ल्याउने प्रतिबद्धता जनाएका छन्। उनले फागुन २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी गराउन मतदातासँग अपिल गरेका छन्।
“मेरो क्षेत्र, मेरो जिम्मेवारी” नारासहित अग्रवालले आफू जनताको सेवामा सदैव समर्पित रहने बताएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।