झापाको कन्काई पुलमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
झापा । झापाको कन्काई नगरपालिकास्थित कन्काई पुलमा फेला परेको बम जस्तो शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुलको पश्चिमी भागतर्फ आज बिहान शंकास्पद वस्तु देखिएपछि अरिदमन गणबाट आएको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा नष्ट गरेको हो।
शंकास्पद वस्तु देखेपछि प्रहरीले सावधानी अपनाउँदै सवारी आवतजावत रोक्दा दुवै तर्फ जाम भएको थियो।
वस्तु कसले र किन राखेको भन्ने खुलेको छैन भने घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।-स्रोत:नीलोपाटी


