घनश्याम खतिवडालाई जेनजी युवाहरुको साथ
मोरंग , ५ फागुन । मोरङ १ का एमाले उम्मेदवार घनश्याम खतिवडाको चुनावी कार्यक्रममा जेनजी युवाहरुको उल्लेख्य सहभागीता देखिएको छ ।
यस क्षेत्रबाट एकपटक जितेर सांसद हुँदा खतिवडाले गरेका विकासका कामहरु तथा संसदमा यस क्षेत्रको विषयहरु उठान गरेका कारण पनि जेनजी युवाहरु घनश्याम खतिवडाको चुनावी अभियानमा उल्लेख्यरुपमा जोडिने गरेका छन् ।
केहि समय अघि मिक्लाजुङमा ठूलो संख्यामा जेनजी युवाहरु नेकपा एमालेमा प्रवशे गरेका थिए भने केराबारीमा घरदैलो अभियानका क्रममा जेनजी युवाहरुले अग्रपंङ्तिमा रहेर सक्रियता जनाएका छन् ।
यसैगरि उर्लाबारी र लेटाङ क्षेत्रमा भएका भेटघाट कार्यक्रममा समेत घनश्याम खतिवडाप्रति युवाहरुको समर्थन लोभलाग्दो देखिएको छ ।


