मोरंगको लेटाङ नगरपालिकाबाटै अब जग्गा पास हुने

मोरंग, ५ फागुन । मालपोत कार्यालयको सेवा पालिकाबाटै प्रदान गर्ने उद्देश्यका साथ लेटाङ, बेलबारी र उर्लाबारी नगरपालिकामा ‘भू–सेवा केन्द्र’ सञ्चालन गरिने भएको छ ।

लेटाङ, बेलबारी र उर्लाबारी नगरपालिकामा ‘भू–सेवा केन्द्र’ सञ्चालन गर्ने विषयमा सोमबार बेलबारी नगरपालिकामा विशेष कार्यक्रम गरि ३ वटै पालिका र मालपोत कार्यालय बेलबारीबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

लेटाङ नगरपालिकाका नगर प्रमखु भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, बेलबारी नगरपालिकाका नगर प्रमुख डीपी राई र उपप्रमुख नितु थापाको उपस्थितिमा मालपोत कार्यालय बेलबारीका निमित्त प्रमुख किरणकुमार केसी र सम्बन्धित नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृतहरुले समझदारी पत्रमा हस्ताक्षर गरि एकअर्कामा समझदारी पत्र आदन–प्रदान गर्नुभयो ।

स्थानीय तहबाट मालपोत सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा कित्ताकाट हुने बाहेकका ससिम जग्गाहरुको नामसारी, रोक्का लगायतका सेवा प्रदान गरिने जनाइएको छ ।

मालपोत कार्यालय बेलबारीका निमित्त प्रमुख किरणकुमार केसीका अनुशार पहिलो चरणमा ससिम प्रकृतिका जग्गाहरुको राजीनामा पास, बकसपास, सट्टापट्टा, नामसारी, फुकुवा लगायत सेवा प्रदान गरिनेछ ।

मुलुकी देवानीको २३९ क र ख अनुशार पतिपत्नि, छोराछोरी र विदुवा बुहारीको नाममा जाने जग्गाहरु नामसारी गरिने उहाँले जानकारी दिनुभयो ।

पालिकाबाट प्रकृया सुरु गरेपछि अनलाइनबाटै मालपोत कार्यालयमा विवरण पठाइने र मालपोत कार्यालयबाट जग्गा रोक्का हेर्ने, मोठ भिडाउने, राजश्व लिने, पास गरेर स्थानीय तहलाई नै सिस्टमबाट स्क्यान गरेर पठाइने मालपोत कार्यालय बेलबारीका निमित्त प्रमुख केसीले जानकारी दिनुभयो ।

उहाँका अनुशार सबै प्रकृया पुरा गरेपछि जग्गा धनिपूर्जा समेत पालिकाबाटै प्रदान गरिनेछ ।

समझदारी पत्रमा भए अनुशार सेवा प्रदान हुँदा मालपोत कार्यालयको करिव ७० देखि ८० प्रतिशत काम पालिकाबाटै हुने उहाँको भनाइ छ । सुरुमा कित्ताकाट बाहेकका सेवा प्रदान गर्ने तयारी गरिएकोमा भविश्यमा अन्य सेवा पनि थप गर्दै जाने योजना अनुशार समझदारी पत्रमा हस्ताक्षर गरिएको उहाँले जानकारी दिनुभयो ।

अब यी तीनै नगरपालिकाका नागरिकहरूले जग्गाको रोक्का, फुकुवा, नामसारी तथा अन्य मालपोतसम्बन्धी अनलाइन सेवाहरू लिनका लागि मालपोत कार्यालय धाइरहनु पर्ने झन्झट अन्त्य हुने भएको छ । नगरपालिकामै स्थापना हुने ‘भू–सेवा केन्द्र’ मार्फत अनलाइन प्रणालीबाटै आवश्यक कागजात प्रविष्ट गर्न र प्रक्रिया अगाडि बढाउन सकिनेछ ।

लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीका अनुशार नगरपालिकामै भएको जनशक्तिलाई तालिम प्रदान गरि सोही जनशक्ति परिचालन गरेर भूसेवा केन्द्रको काम अघि बढाउन लागिएको हो । उहाँले जनताको समय र खर्च दुवै बचत हुने भएकाले छिटो, छरितो तथा सहज सेवा प्रदान गर्न नगरपालिकाले सक्दो प्रयास गर्ने बताउनुभयो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।