सङ्खुवासभामा ढुङ्गाले लागेर स्काभेटर चालकको मृत्यु

खाँदबारी । सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ स्थित सानो यार्क्खकमा निर्माणाधीन छुजुङ खोला जलविद्युत् आयोजनाको बाटो खन्ने क्रममा आज ढुङ्गाले लागेर स्काभेटर चालकको मृत्यु भएको छ ।

स्काभेटर चालक चिचिला गाउँपालिका–३ दिदिङका ३८ वर्षीय देवराज राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो । स्काभेटर चालक राई साङ्ग्रिला ऊर्जा कम्पनीमा कार्यरत थिए ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नाका प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

उनको शव परीक्षणका लागि आजै जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।