सडकमै दादागिरी देखाउंदै पैदलयात्रीमाथि मु’क्का वर्षाउने कार चालक प्रहरीको खोजीमा
काठमाडौं । सामाजिक सञ्जालमा पैदलयात्रीलाई मु’क्का प्र’हार गरेको भिडियो भाइरल बनेपछि प्रहरीले कार चालकको खोजी सुरु गरेको छ। भिडियोमा एक कार चालकले सडकमा हिँडिरहेका पैदलयात्रीमाथि हातपात गरेको स्पष्ट देखिन्छ।
उक्त भिडियोमा साझा यातायातको बससमेत देखिएकाले घटना काठमाडौं उपत्यकाभित्रकै भएको अनुमान गरिएको छ। प्रहरीले भिडियोको स्रोत र घटनास्थल पहिचान गर्ने प्रयास गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार भिडियो प्रहरीले पनि प्राप्त गरिसकेको छ र संलग्न व्यक्ति तथा सवारीसाधनको पहिचानका लागि अनुसन्धान अघि बढाइएको छ।‘भिडियो हामीलाई पनि प्राप्त भएको छ। कार र व्यक्तिको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउँछौं,’ उनले भने।
प्रहरीले सर्वसाधारणलाई यस्ता घ’ट’नाबारे सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी दिनसमेत आग्रह गरेको छ।


