पक्राउ परे सडकमा हिँडिरहेका कमजोर शारीरिक अवस्थामा एकजना वृद्धलाई गाडीबाट ओर्लिएर मुक्का बर्साउने पुरूष

काठमाडौं । सडकमा हिँडिरहेका कमजोर शारीरिक अवस्थामा एकजना वृद्धलाई गाडीबाट ओर्लिएर मुक्का बर्साउने पुरूष समातिएका छन्।

काठमाडौंको चप्पल कारखाना नजिकै चक्रपथमा आफूलााई मुख छाडेको भन्दै वृद्धमाथि मुक्का बर्साउने ती व्यक्तिलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोमबार बिहानैदेखि वृद्धमाथि मुक्का बर्साएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीमाथि दबाब बढेको थियो ।

सडकमा हिँडिरहेका एक वृद्धलाई ती जीप चालकले पटक पटक मुक्का हानेको भिडियोले सामाजिक सञ्जाल तातेपछि प्रहरीलाई तनाव भएको थियो ।

उक्त भिडियोमा एकजना अधवैंशे बा.३ च ११०३ नम्बरको जीपबाट झरेर हिँडिरहेका ती वृद्धमाथि गाली गर्दै हातपात गरेका देख्न सकिन्छ।

‘ए जँडिया के भन्या ओई तैँले,’ भन्दै ती चालकले वृद्धको टाउकोमा मुक्का हानेका थिए । चालकसँगैकी महिला पनि वृद्धलाई गाली गर्दै खनिएकी थिइन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराई सडकमा वृद्ध कुट्नेलाई नियन्त्रणमाा लिएको पुष्टि गरे । उनका अनुसार पैदलयात्रीलाई मुक्का हान्ने व्यक्तिलाई ट्राफिक प्रहरीले नियनणमा लिएको हो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।