धनकुटा कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई हस्तान्तरण

धनकुटा । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्लाको समग्र सुरक्षा व्यवस्थापन सुदृढ पार्ने रणनीतिअन्तर्गत धनकुटा कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई हस्तान्तरण गरिएको छ।

निर्वाचन अवधिमा नेपाल प्रहरीलाई मतदान केन्द्र तथा संवेदनशील क्षेत्रमा व्यापक रूपमा परिचालन गर्नुपर्ने भएकाले कारागार सुरक्षामा अस्थायी रूपमा सेना परिचालन गरिएको हो। यस कदमलाई निर्वाचन सुरक्षा व्यवस्थापनको रणनीतिक पुनर्संरचना रूपमा हेरिएको छ।

धनकुटास्थित भिमदल गणबाट खटिएको सेनाको टोलीले कारागारको सुरक्षा जिम्मेवारी सम्हालिसकेको जनाएको छ। यसअघि उक्त कारागारको सुरक्षा नेपाल प्रहरीले गर्दै आएका थिए।मन्त्रिपरिषद्को निर्णयअनुसार अति संवेदनशील मानिएका कारागार तथा महत्त्वपूर्ण संरचनामा सेना परिचालन गर्ने नीति अवलम्बन गरिएको हो। सोही निर्णय कार्यान्वयन गर्दै धनकुटामा पनि व्यवस्था मिलाइएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार निर्वाचन अवधिभर मात्रै सेनाले कारागारको सुरक्षा सम्हाल्नेछ। “निर्वाचनमा प्रहरी जनशक्ति ठूलो संख्यामा मतदान केन्द्रहरूमा खटिनुपर्ने भएकाले अस्थायी रूपमा सेनालाई जिम्मेवारी दिइएको हो,” उनले बताए।

प्रहरी स्रोतका अनुसार जिल्लाका मतदान केन्द्रहरूको संवेदनशीलताको वर्गीकरणका आधारमा सुरक्षाकर्मी परिचालन गरिनेछ। यसले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस व्यवस्थालाई निर्वाचन सुरक्षामा राज्यका विभिन्न सुरक्षा निकायबीचको समन्वय र भूमिकाको पुनर्संयोजनका रूपमा समेत विश्लेषण गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।