सुनसरीको इनरुवाबाट नेपाली नक्कली नोट सहित एक जना पक्राउ
सुनसरी, ६ फागुन । सुनसरीको इनरुवा नगरपालिका-५ स्थितबाट नेपाली नक्कली नोट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन ५ गते इनरुवा- १० का २५ बर्षीय आजाद मियाले इनरुवा-५ स्थित सब्जि बजारमा किनमेल गर्दा ५०० को नोट नक्कली रहेको संकालागि प्रहरीलाई खबर गर्नासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पैसा दिने मियालाई नियन्त्रणमा लिइ शरिर खानतलासी गर्दा ५०० दरको ८ थान नक्कली नेपाली रुपैयाको नोट बरामद गरेको हो ।
पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।

