बिर्तामोडको एक सुधार केन्द्रमा उपचारका लागि राखिएकी महिलाको मृत्यु

झापा । बिर्तामोडको एक सुधार केन्द्रमा उपचारका लागि राखिएकी महिलाको मृत्यु भएको छ।

अर्जुनधारा नगरपालिका–११ स्थित क्षितिज महिला विकास सुधार केन्द्रमा रहेकी शिवसताक्षी नगरपालिका–१० माईधार निवासी ३२ वर्षीया सुष्मा लिम्बूको मृत्यु भएको हो। अत्यधिक मदिरा सेवनका कारण स्वास्थ्यमा समस्या देखिएपछि उनलाई फागुन ३ गतेदेखि उक्त सुधार केन्द्रमा राखिएको थियो।

हिजो बिहान करिब ९:१५ बजे अचानक पेट दुखेपछि उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले परीक्षण गरी उनलाई मृत घोषणा गरेका थिए। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान सुरु गरेको छ।

हिजो साँझ नै मृतक लिम्बूको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। सुधार केन्द्रमा भएको यो मृत्युको घटनालाई लिएर प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुल्ने बताइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।